पाल्पा । माथागढी गाउँपालिका ३ नं. वडा कसेनीको विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । ३ नं. वडा कसेनीको सिलङ्गी, ओलेस, सिकारकोट, भस्कट्टा, दमारलगायतका स्थानको योजना अनुगमन गरिएको हो ।
कार्यान्वयनमा रहेका कृषि, स्वास्थ्य, सडकलगाएत अन्य पुर्वाधारहरुको योजनाहरु अनुगमन गरिएको ३ नं. वडा कसेनीका वडाध्यक्ष तेज घर्तीमगरले जानकारी दिनुभयो । योजना अनुगमन संगै टोलवासीहरु संग भेटघाट तथा सुझाव समेत लिईएको वडाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले योजना सम्पन्न भईसकेपछि अनुगमन गर्नुभन्दा योजना सञ्चालनका बेला गनुगमन गर्नु महत्वपुर्ण हुने बताउनुभयो । अध्यक्ष चिदीले योजना अनुगमन गरेर आवश्यक सुधार गर्नुपर्ने विषयमा सुझाव दिएको बताउनुभयो ।
अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले योजनाको प्रभावकारी दिगोपनाको लागि कार्यान्वयन भएको समयमा योजना अनुगमन गरिएको बताउनुभयो । संयोजक लुङ्चेले उपभोक्ता समितिहरु प्राविधिक रुपमा कम सक्षम हुने भएकाले पनि गाउँपालिकाको प्राविधिक सहितको टोलिले बेलाबेलामा अनुगमन गरेर सघाउने बताउनुभयो ।
माथागढी ३ नं. वडा कसेनीमा संघ, प्रदेश, गाउँपालिका र वडा कार्यालयका विभिन्न योजनाहरु सञ्चालनको अवस्थामा छन् । ३ नं. वडा कार्यालयले औपचारीक र अनौपचारीक रुपमा बेलाबेलामा योजनाहरुको अनुगमन गर्ने र आवश्यक सुझाव तथा सहयोग गर्दै आएको वडाध्यक्ष घर्तीमगरले बताउनुभयो ।