भरुवा बन्दुक सहित पाल्पामा एकजना पक्राउ
तानसेन – भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा पाल्पामा एक जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लिलाबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी उनलाई पक्राउ गरिएको हो ।
खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय