पाल्पा । मानव अधिकार कर्मीहरुको संरक्षण सम्बन्धि पशामर्श कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नागरिक समाजको अवस्था विष्लेशण तथा मानव अधिकार कर्मीहरुको संरक्षण सम्बन्धि परामर्श विषयमा छलफल गरिएको छ । कार्यक्रममा शान्तिका लागि साझा अभियान कोक्यापका केन्द्रिय अध्यक्ष पुष्ष भुषालले मानवअधिकार आयोगलाई राज्यले अधिकार सम्पन्न बनाउन नखोजेको बताउनुभयो । भुषालले समाजमा रहेका हिंसालाई अन्त्य गर्न सामाजिक न्यायलाई स्थापीत गर्न राज्यले नागरिकको भूमिका खुम्च्याउन खोजेको बताउनुभयो ।
कार्यक्रममा मावनअधिकार अभियन्ता डा. राम बहादुर राउतले मानव अधिकारका कार्यक्रम सरकारका लागि दवाबपुर्ण रुपले गर्न नसकिएको कारण नेपाली यूवाहरु रोजगारको अधिकार बाट वञ्चित हुन परेका कारण विदेशिन बाध्य भएको बताउनुभयो । हाल मुलुकमा छुवाछुतको अवस्था यथावत रहेको, नागरिक समाजका क्रियाकलाप धरासायी बन्दै गएको हुँदा अधिकारवादीहरुले उचित आवाज उठाउन जरुरी रहेको राउतले बताउनुभयो ।
नेपाल बार एसोसियसनका अध्यक्ष विनोद कार्कीले मानव अधिकारवादी संस्थाहरु राजनितिक दलबाट मुक्त हुन नसेको बताउनुभयो । कार्यक्रममा कोक्याप लुम्बिनी प्रदेश अध्यक्ष रिमा बिसी, अधिवक्ता शालिकराम घिमिरे, अधिवक्ता नारायण ज्ञवाली, दलित अधिकारकर्मी ठाकुर लोहागुन, पत्रकार कृष्ण पोखरेललगाएतले समाजमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु मानव अधिकार बाट वञ्चित भएको विषयमा जोड दिए । कार्यक्रममा कार्यकारी निर्देशक सरोज पोखरेलले मानव अधिकार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभयो ।