पाल्पा । माथागढी गाउँपालिकामा सहकारी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । गाउँपालिकाका विभिन्न सहकारीका पदाधिकारीहरुको लागि २ दिने सहकारी क्षमता अभिवृद्धि तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले केन्द्र सरकारको तिन खम्बे अर्थनीति अन्तरगत स्थानीय तहले पनि अबलम्बन गर्दै सहकारीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । अध्यक्ष चिदीले सहकारी मार्फत कृषि तथा पशुपालन क्षेत्रको विकास सम्भव भएको भन्दै गाउँपालिकाले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले तालिममा सहकारी सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषयलाई गम्भिरता पुर्वक लिएर सिक्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । गाउँपालिकाका आर्थिक विकास समिति संयोजक तेज घर्तीमगरले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्ने गरि लाग्नुपर्ने बताउनुभयो । तालिम २ दिन सम्म सञ्चालन हुने र गाउँपालिकाका विभिन्न सहकारीका ४० जना सहकारीकर्मी सहभागी भएको गाउँपालिका प्रशासन प्रमुख नित्यानन्द खनालले जानकारी दिनुभयो ।