बगनासकाली टि १० कपको फाईनलमा दमकडा र पिप्ले

पाल्पा । बगनासकाली टि १० कपको फाईनलमा दमकडा क्रिकेट क्लब र किंग्स पिप्ले प्रवेश गरेका छन् । बगनासकाली गाउँपालिकाको कोठिचौरमा सञ्चालित टि १० क्रिकेट प्रतियोगितामा दमकडा र पिप्ले फाईनलमा प्रवेश गरेका हुन् ।

कुल १३ समुह सहभागि भएको क्रिकेट प्रतियोगिताको फाईनल खेल भोली मंगलबार ११ बजे हुने आयोजक क्लबका अध्यक्ष सुमन पाण्डेयले जानकारी दिनुभयो । प्रतियोगितामा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न समुहले भाग लिएका छन् । पछिल्लो समय पाल्पामा धेरै घरेलु क्रिकेट प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् ।

प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैंया, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लब किंग्स पिप्लेले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय