दोश्रो निस्दी महोत्सव हुँदै

पाल्पा । दोश्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव २०८० हुने भएको छ । यही चैत्र २६ गते देखि बैशाख ३ गते सम्म निस्दीमा महोत्सव हुने भएको हो ।

निस्दी गाउँपालिकाको संरक्षण र निस्दी खेलकुद विकास समितिको आयोजनामा महोत्सव हुन लागेको गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले जानकारी दिनुभयो । उपाध्यक्ष श्रेष्ठले महोत्सवले मगरी संस्कृति र कलाको संरक्षण तथा प्रवद्र्धन गर्न सघाउ पुग्ने बताउनुभयो । समितिले रामपुरमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो ।

महोत्सवमा खुल्ला अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, झाँकी प्रदर्शन, प्रथम निस्दी डान्स आईडल, निस्दीका पर्यटकिय स्थलको फोटो तथा वृत्तचित्र प्रदर्शनी र स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रिवितरण गरिने समितिका सचिव पुनाराम सुनारीले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु नारायण रायमाझी, बद्री पंगेनी, मेलिना राई, प्रकाश दुतराज, प्रताप दास, सागर आले, ज्योती मगर, टंक तिमिल्सिना, हुम गैरे, दिपिका बयम्बु, जमुना राना, कमला पोखरेल, प्रिया सारु, कृष्ण रानाभाट, रुपा घर्तीमगर, उमादेवी खनाल, पुरुषोत्तम भण्डारी पुर्खे बा, जुना कार्की र यसियाकै सबै भन्दा होंचो व्यक्ति मनोज गोर्खाली थापाको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय