सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय बैठक दमकडामा सुरु

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय बैठक दमकडामा सुरु भएको छ । महासंघको संघीय कार्यसमितिको तेश्रो बैठक तानसेन ९ दमकडामा सुरु भएको हो । बैठक दुइ सम्म सञ्चालन हुने सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले जानकारी दिनुभयो ।

बैठकको बाग्मती प्रदेशसभा सदस्य तथा सामुदायिक वन महासंघ केन्द्रिय समितिकी निवर्तमान अध्यक्ष भारती पाठकले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै पाठकले सामुदायिक वनका धेरै भन्दा धेरै व्यवहारिक समस्याहरु भएको भन्दै त्यसको समाधानका लागि नीतिगत समाधान गर्न लागिपर्ने बताउनुभयो । पाठकले नेपालका सामुदायिक वनका काठ कुहिएर जाने र विदेश बाट काठको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा साुमदायिक वन महासंघ केन्द्रिय समितिका अध्यक्ष ठाकुर प्रसाद भण्डारी, हरी प्रसाद न्यौपाने, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्ले, भिम प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्याललगाएतले सामुदायिक वन समुदायले जोगाएको हुँदा अहिले उपभोगयोग्य भएको विषयमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले सामुदायिक वनको अवधारणा पाल्पाको मदनपोखरा बाट सुरु भएको, सामुदायिक वनलाई आम्दानीको श्रोतको रुपमा उपयोग गर्नुपर्ने, यसको कानुनी समस्याहरु, समाधानका उपायहरु, यसलाई सरकारले हेर्ने दृष्टिकोण, वनमा हुने काठको सदुपयोग गर्न फुकाउनुपर्ने कानुनलगाएतका विषयमा चर्चा गरेका थिए ।

बैठकमा सहभागी हुन आएका देशभरका सदस्यहरुलाई दमकडामा पञ्चेबाजासहित स्वागत गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय