पाल्पा । तानसेन नगरपालिका वडा नं. ९ को तिन्टीआँपमा दोश्रो कृषि मेला प्रदर्शनी २०८० सञ्चालन हुने भएको छ ।
कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौं भन्ने नाराका साथ किसानको आफ्नै मेला दोश्रो कृषि मेला प्रदर्शनी हुने भएको हो । यही चैत्र ३ गते तिन्टीआँप खेलमैदानमा प्रदर्शनी हुने मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनस्याम घिमिरेले जानकारी दिनुभयो ।
मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण प्रदर्शनी, बीउबिजन प्रदर्शनी तथा बिक्रिवितरण, नर्सरी बिरुवा बिक्रिवितरण, पश’ रोग निदान तथा गोबर परिक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकारहरुको स्टल, प्लाण्ट क्लिनिक, जैविक मल उत्पादन प्रदर्शन र माटो परिक्षण गरिने भएको छ ।
मेलामा लोक गायक पशुपति शर्मा र स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । मेलाको प्रवद्र्धन तानसेन नगरपालिका वडा नं. ९ को कार्यालय र आयोजना मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले गर्ने भएको हो ।