महाशिवरात्रीको अवसरमा होटल पौवाले प्रसाद वितरण तथा भजनकृतन गर्ने

फागुन २४ – होटल पौवाले शिवरात्रीको अवसरमा ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ ।

शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ । “यसबर्षको शिवरात्री पौवा संग मनाउँ । संगसंगै मनाउँ संगसंगै खाउँ” भन्ने मुल नाराका साथ होटल पौवाका सबै शाखाहरुमा शिवरात्री विशेष कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिनुभयो ।

होटल पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृती अनुसारका परिकारहरु ग्राहकहरुलाई खुवाएर परम्परागत खानाको संरक्षण गर्ने अभियान स्वरुप यस्तो कार्यक्रम राखिएको पौवा ग्रुपका प्रवन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।

यसैबीच होटल पौवा पाल्पा शाखाले पनी महाशिवरात्रीको अवसरमा परम्परा अनुसार बिहानै देखी शिवको पुजा आराधना गर्ने, साँझ ६ बजे देखी ८ बजे सम्म भजनकृतन सहित प्रसाद वितरण गर्ने व्यवस्था मिलाएको पाल्पा शाखा प्रमुख यदु प्रसाद भट्टराईले बताउनुभयो ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय