कार्यसम्पादन बारे विद्युत कार्यालय पाल्पाको पत्रकारसंग अन्तरक्रिया

नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले चालु आर्थिक वर्षको ७ महिनामा गरेको कार्य सम्पादन बारे पत्रकारहरुलाई जानकारी गराएको छ ।

केन्द्रले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गरी सम्पादन गरेको कामको जानकारी गराएको हो । कार्यक्रममा केन्द्रका प्रमुख इन्जिनियर दिलिप मरासेनीले सहज रुपमा विद्युत आपूर्तिका लागि यस वर्ष तानसेन बजार क्षेत्र सहित विभिन्न स्थानमा ३३ वटा ट्रान्सफर्मर जडान गरिएको, ८ वटा वितरण ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको, ५० प्रतिशत काठका पोल बदल्नेगरी काम भएको, निस्दी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन जडान गरी फ्युज सेवा स्थापना गर्न सफल भएको बताउनुभयो ।

उहाँले तानसेन खानेपानी उपभोक्ता समितिको भुल्के खण्डको खानेपानी महशुलमा ग्राहक वर्ग परिर्वतन गरी करिब ५० प्रतिशत छुट दिएको, माघ महिनादेखि अनलाइन डिभाइस रिर्डिङ सेवा लागु गरिएको जानकारी दिनुभयो ।

अहिले निशुल्क थ्रीफेज स्मार्ट मिटर जडान कार्य भैरहेको, कालोसूचिमा रहेका २० जना ग्राहकबाट २ लाख ९६ हजार, २ सय ६३ रुपैयाँ असुल गरिएको र बुटवल पाल्पाको ३३ केभी लाइन जैगलको रुट हुँदै आएकोले हिउद वर्षात जुनसुकै समयमा पनि दुख दिएकोले सिर्दाथ राजमार्गको चरचर डुम्रे हुँदै सञ्चालन गरिएको, माथागढीको झडेवा, जगात, धमिगा, भुटुके र तिनाउ ४ को सत्यवती गिजनचौरमा बेन्द्रीय लाइन सञ्चालनमा ल्याएको केन्द्र प्रमुख इन्जिनियर मरासेनीले बताउनुभयो । उहाँले पाल्पाको विद्युतमा धेरै खाले समस्या भएकोले सबै पक्षको सहयोग र समन्वयमा समस्या समाधन गर्न खटिएको बताउनुभयो ।

कार्यक्रमा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले नियमित रुपमा ग्राहकले विधुत उपभोग गर्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले लाइन छिनछिनमा जाने समस्या बारे ग्राहकलाई जानकारी नहुँने बताउदै यस विषयमा दिगो समाधान हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सहभागी अन्य पत्रकारहरुले भोल्टेज पुरा नआउने, भोल्टेज अपडाउन हुँदा दुर्घटनाको जोखिम बढ्ने, पहुँच हुनेहरुले मात्र विद्युत कार्यलयबाट राम्रो सेवा प्राप्त गर्ने गरेको गुनासो नागरिकस्तरबाट आउने गरेको बताएका थिए । उनीहरुले ग्राहक वर्गले सहज महसुस गर्ने गरी कार्यालय वाट कार्यसम्पादन गर्न अनुरोध गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय