माथागढीमा तीन महिने कम्प्यूटर तालिम सुरु

पाल्पा । माथागढी गाउँपालिकामा तीन महिने आधारभूत कम्प्यूटर तालिम सुरु भएको छ । दलित उत्थान गाउँ समन्वय समिति माथागढीको आयोजनामा दलित समुदायका लागि तीन महिने आधारभूत कम्प्यूटर तालिम सुरु गरेको हो ।

माथागढी गाउँपालिका वडा नं. ७ रहबासमा सुरु भएको तालिमको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै अध्यक्ष चिदीले समयअनुसार परिवर्तन हुनेगरी आफ्नो क्षमताको विकास गर्नुपर्ने बताउनुभयो । चिदीले वर्तमान बजारमा प्रविधिसँग खेल्नसक्ने युवाको माग भएको भन्दै समय सापेक्ष बन्न नसके अघि बढ्न नसकिने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष जंग बहादुर दर्लामी, कार्यपालिका सदस्य लिला सरा चिदी, मंगली कुमाल, भिम कुमारी परियार, विर विक्रम सुनारलगाएतले आधुनिक जमाना अनुसारको हुनुपर्ने, सामाजिक सञ्जाल, अनलाइनको विषयमा जानकार भई अध्ययनशील हुनुपर्ने विषयमा जोड दिनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष ०८०÷८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार माथागढी गाउँपालिका भित्र स्थाई बसोबास भएका दलित उत्पिडित बासिन्दाहरुको लागि कम्प्यूटर तालिम दिएको हो । गाउँपालिकाले विभिन्न कागजातसहित आवेदन माग गरी छनौट गरेर सहभागी गराएको वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय