पाल्पा । रम्भा गाउँपालिकाले नगर प्रहरी राख्ने तयारी गरेको छ । गाउँपालिकाको सुरक्षा, व्यवस्थापन, नियन्त्रण, खोजी, उद्धार, राहत तथा पुनस्थापनाको सहजताका लागि गाउँपालिकाले नगर प्रहरी राख्ने तयारी गरेको हो ।
रम्भा गाउँपालिका गाउँसभाको १४ औं अधिवेशनको दोश्रो बैठकले नगर प्रहरी गठन सञ्चालन तथा व्यवस्थापन विधेयक २०८० पास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउँपालिका बाट समय समयमा पारित हुने नीति, नियम, निर्णय, मापदण्ड तथा प्रशासनीक कार्यहरुको कार्यान्वयनमा सहयोग र सहजिकरणका लागि नगर प्रहरी राख्ने तयारी गरिएको बताउनुभयो ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले नगर प्रहरी गठन गरि रम्भा गाउँपालिकामा कानुनको शासन स्थापित गर्दै नागरिकलाई न्याय, सुरक्षा तथा व्यवस्थाको प्रत्याभूत गर्न नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन विधेयक २०८० पारित गरिएको बताउनुभयो ।
नगर प्रहरीले सार्वजनिक आवागमनमा बाधा पु¥याई राखेका निर्माण सामाग्री पसल व्यवसायबाट भएको अवरोध हटाउन लगाउने नमानेमा आफै हटाई हटाउन लाग्ने खर्च सम्वन्धित व्यक्तिबाट असूल उपर गर्न पेश गर्ने,सार्वजनिक जग्गा बाटो मठ, मन्दिर, ढल, नाला, चोक, पोखरी मिचि कसैले घर कम्पाउण्ड टहरा वा त्यस्तै अन्य निर्माण कार्य गरेको अथवा व्यक्तिगत रुपले उपभोग गरेको छ, छैन निरीक्षण गर्ने, स्वास्थ्यका लागि हानिकार चिज तथा सडेगलेको खाद्य पदार्थ विक्रि वितरणमा रोक लगाउनेलगाएतका काम गर्ने गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
नगर प्रहरी गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० मा वडा समिति, टोल सुधार समिति, तथा सामुदायिक प्रहरीसँगको सहकार्यमा सरसफाई, सुरक्षा र सामाजिक विकृति हटाउने कार्य गर्ने गराउने, गाउँपालिकाबाट लागू हुने नीति, निर्णय, नियम र कानून कार्यान्वयन गर्ने, गाउँपालिकाको चल, अचल सम्पत्ति, भवन, जग्गा, पार्क, मेशिन, उपकरण आदिको सुरक्षा गर्ने, ईजाजत विना पेशा, व्यवसाय गरेको फेला परेमा पेशा व्यवसायको दर्ता÷नवीकरण गर्न लगाउनेलगाएतका कार्य गर्नुपर्ने जनाईएको छ ।
नापतौलका सामाग्रीको चेक जाँच गर्ने, पसल व्यवसायमा मूल्य सूचि राख्न लगाउने तथा चेक गर्ने, होटल, रेष्टुरेन्ट, गेष्ट हाउसजस्ता गतिविधिहरुको निरीक्षण गर्ने मापदण्ड अनुरुप नचलेको पाईएमा कारवाहीको लागि पेश गर्ने र गाउँपालिकाले तोकिएका अन्य कार्यहरु गर्ने गराउने काम नगर प्रहरीले गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।