माडीफाँट सडकको ढावखोलामा पक्की पुलको शिलान्यास

पाल्पा । दमकडा खौरूवा माडीफाँट सडकको ढावखोलामा निर्माण हुन लागेको पक्की पुल (कल्भर्ट) बन्ने भएको छ ।

तानसेन नगरपालिका वडा नं. ९ को दमकडा बाट माडीफाँटको खौरुवा, अँगारे कुण्ड, छिसखोला हुँदै पोखराथोक जाने बाटोमा पक्की पुल बन्ने भएको हो । पुलको जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरे र वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले संयूक्त रुपमा शिलान्यास गर्नुभयो ।

पुलको शिलान्यास गर्दै उपप्रमुख गैरेले किसानहरुलाई आवतजावत गर्न र कृषि सामग्री ढुवानी गर्न निकै सहज हुने बताउनुभयो । गैरेले किसानहरुको आवश्यकताका आधारमा पुन निर्माण हुनु खुसीको कुरा भएको बताउनुभयो ।

वडाध्यक्ष अर्यालले किसानहरुलाई आवतजावत मात्र नभई खेतमा ट्याक्टर लैजान, अन्न, तरकारी, मललगाएतका सामग्री ढुवानी गर्न सहज हुने बताउनुभयो । वडाध्यक्ष अर्यालले पुल निर्माण भएपछि माडीफाँटका हजारौं किसानले लाभ लिन सक्ने बताउनुभयो ।

तानसेन नगरपालिका बाट २० लाख र २ लाख जनश्रमदान गरि २२ लाख रुपैंयामा पुल निर्माण हुन लागेको ढाबखोला पुल निर्माण समितिका अध्यक्ष निरञ्जन भुषालले बताउनुभयो । अध्यक्ष भुषालले समयमै पुल निर्माणकार्य सम्पन्न हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय