दमकडाको न्यानो शितल घर सञ्चालनमा आउँदै

पाल्पा । तानसेन नगरपालिका वडा नं. ९ मा न्यानो शितल घर सञ्चालन गर्ने तयारी गरिएको छ । जेष्ठ नागरिकहरुका लागि निर्मित न्यानो शितल घर सञ्चालन गर्ने तयारी गरिएको हो ।

जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्रको रुपमा न्यानो शितल घर निर्माणको अवधारण ल्याईएको तानसेन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । वडाध्यक्ष अर्यालले न्यानो शितल घरमा अनुभव साटासाट गर्ने, जेष्ठ नागरिकका लागि लाग्ने कपडा, खानेकुरा, अवस्थाको बारेमा छलफल गर्ने, जेष्ठ नागरिकले आर्जन गरेको ज्ञान नयाँ पुस्तालाई सेयर गर्ने स्थानको रुपमा न्यानो शितल घरलाई प्रयोग गरिने बताउनुभयो ।

अहिले सम्म न्यानो शितल घरको पहिलो तल्ला, कम्पाउण्डलगाएतका संरचना सम्पन्न भईसकेका छन् । घरको माथिल्लो तल्ला बजेट अभावमा निर्माण हुन नसकेको निर्माण समितिका अध्यक्ष फर्सुराम पाण्डेयले जानकार दिनुभयो । न्यानो शितल घर निर्माणका लागि अहिले सम्म तानसेन नगरपालिका, लुम्बिनी प्रदेशको महिला तथा बालबालिका मन्त्रालय, ९ नं. वडा कार्यालय र काजुमासा काकीमी ओके बाजेले आर्थिक सहयोग गरेका छन् ।

ओके बाजेले न्यानो शितल घरका लागि ४० लाख रुपैंया सहयोग गरेका थिए । न्यानो शितल घर विगत ३ वर्ष अघिदेखि निर्माण सुरु गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय