तानसेनको सुन्दरगाउँमा भलिबल प्रतियोगिता चल्दै

पाल्पा । तानसेन नगरपालिका वडा नं. ७ सुन्दरगाउँको ठाँटीमा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन भईरहेको छ । बुधबार देखि बी लेभलको प्रथम खुल्ला भलिबल प्रतियोगिता चलेको हो ।

देवीडाँडा यूवा क्लबले आयोजना गरेको प्रतियोगिताका प्रथम हुने टिमले नगद ३५ हजार रुपैंया, दोश्रोले २० हजार र तेश्रोले १० हजार, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपक ढकालले जानकारी दिनुभयो ।

प्रतियोगितामा एनबीए नखेलेका खेलाडी सहभागी हुनुपर्ने, खेल टिटि सिस्टम अनुसार खेलाईने, बेष्ट अफ पाईभ र थ्री मा खेलाईने, खेलमा जुत्ता र जर्सी अनिवार्य रहने तथा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने क्लबले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय