पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ कसेनीको आयोजनामा वाल सचेतना तथा शैक्षिक जागरण कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष ०८०/८१ को लक्षित वर्ग मागमा आधारित कार्यक्रम २०८० बाल सचेतना तथा शैक्षिक जागरण कार्यक्रम सम्पन्न भएको हो । सिद्धबाबा प्राथमिक विद्यालय माथागढी ३ कसेनीको ओलेसमा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले विकृतिका विरुद्ध वालवालिकाहरुलाई समयमै सचेत बनाउँदा भविश्यमा समृद्ध समाज निर्माण हुने बताउनुभयो । अध्यक्ष चिदीले वालवालिकालाई असल संस्कार सहितको शिक्षादिक्षामा जोड दिनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगर, कार्यपालिका सदस्य लिला चिदी, वडा सदस्य मान बहादुर राना, वडा सचिव प्रकाश पाठक, कसेनी स्वास्थ्य चौकी प्रमुख पविसरा चिदी, एसआरडिसीएनका कार्यक्रम अधिकृत पिताम्बर बस्याल, वडा प्राविधिक ज्ञानेन्द्र खड्का, पशु प्राविधिक हुम बहादुर कुमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर सुर्यवंशीलगाएतले नाटक सहितको सचेतना कार्यक्रमले वालवालिका र अभिभावक सबैमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
विद्यार्थी, शिक्षक, अभिभावक तथा ओलेस टोलबासी सहभागी भएको कार्यक्रमको सहजिकरण वडा कार्यालय सहायक सुकमाया दर्जीले गर्नुभएको थियो ।