
पाल्पा । तानसेन नगरपालिले ३ हजार बढी वालवालिकालाई दादुरा रुबेला खोप दिने तयारी गरेको छ । नगरपालिका भित्रका ३ हजार बढी वालवालिकालाई दादुरा रुबेला खोप दिने तयारी गरेको हो ।
तानसेन नगरपालिका स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुसंगको अन्र्तक्रिया एवं छलफलमा वालवालिकालाई खोप दिने तयारी गरेको जानकारी दिएको हो । तानसेन नगरपालिका भित्रका ३९ वटा खोप केन्द्रमार्फत खोप दिईने तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
तानसेन नगरपालिकामा यही फागुन १३ गतेदेखि १७ गते सम्म खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ । फागुन १३ गते तानसेनको यूनाईटेड मिसन अस्पतालबाट खोप अभियानको सुरुवात गरिने नगरपालिकाले जनाएको छ । खोप अभियानमा स्वास्थ्य शाखाले ३९ जना खोप कार्यकर्ता र ३९ जना स्वयंसेवक खटाउने तयारी गरेको छ । नगरपालिकाका ५२ जना स्वास्थ्यकर्मी बाहेक अन्य अपुग स्वास्थ्यकर्मीहरु अन्य अस्पतालको समन्वयमा व्यवस्थापन गरिएको प्रमुख न्यौपानेले बताउनुभयो ।
नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरु घरघरमै गएर निमन्त्रणा गरेको छ । खोप अभियानमा अन्य नियमित खोपहरु पनि छुटेको भए लगाईने भएको छ । वालवालिकाका अभिभावकहरुले खोप कार्ड लिएर उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ । पाल्पामा १५ वर्ष अघि रिब्द्यीकोटको ख्याहामा ४० बढी वालवालिकामा रुबेलाको संक्रमण देखिएको थियो । त्यसपछि अहिले सम्म पाल्पामा दादुरा रुबेलाको संक्रमण भेटिएको छैन ।
नेपाल सरकारले हरेक ५ वर्षमा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्दै आएको छ । तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले नगरपालिकाका सबै वडामा पुगेर नगर स्तरिय खोप समन्वय समितिसंग अन्तरक्रिया तथा छलफल समेत गर्ने बताउनुभयो ।