
पाल्पा । प्रेस चौतारी पाल्पाले आफ्ना सदस्यहरुलाई ज्याकेट वितरण गरेको छ । प्रेस चौतारी पाल्पाले आफ्ना सदस्य प्रोत्साहनको वार्षिक कार्ययोजना अनुसार ज्याकेट वितरण गरेको हो ।
रामपुरमा सम्पन्न दोश्रो वार्षिक साधारण सभाको मायाको चिनो स्वरुप सदस्यहरुलाई ज्याकेट वितरण गरेको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । तानसेन स्थित प्रेस चौतारी नेपाल पाल्पाको कार्यालयमा छलफल तथा सुझाव ग्रहण कार्यक्रमको आयोजना गरि ज्याकेट वितरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्ष मेघराज शर्मा, पुर्व अध्यक्षहरु गोविन्द भट्टराई, भगवान भण्डारी, राजेशकुमार अर्याल, प्रेस चौतारी नेपाल लुम्बिनीका सहईन्चार्ज कमलराज तिमिल्सेना, चौतारीका संस्थापक अध्यक्ष केशवराज नेपाल, निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, सदस्य नवराज ज्ञवालीलगाएतले वर्तमान समय अनुसार चौतारीको जिल्ला कमिटि रचनात्मक काम गर्ने समितिको रुपमा चिनिएको बताएका थिए ।