पाल्पाको माथागढीमा टिपर दुर्घटना, दुई जनाको मृत्यु

पाल्पाको हात्तीलुङमा भएको सोमबार भएको टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुंगा खानीमा आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो ।

पाल्पाको रहवास–खैरेनी सडकअन्तर्गत भएको दुर्घटनामा परी सोही टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न माथागढी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय