माथागढीको सराईमा ४२ औं मगर एकता दिवस मनाईने

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ३ सराईमा ४२ औं मगर दिवस मनाईने भएको छ । लुम्बिनी प्रदेशको एतिहासिक, धार्मिक, पर्यटकीय दृष्टिले रमणीय माथागढी वडा नं. ३ सराई फुलबारी स्थित लखन पार्कमा मगर दिवस मनाईने भएको हो ।

नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाले तानसेनमा पत्रकार सम्मेलन गरि दिवस मनाईने जानकारी दिएको हो । दिवस आयोजना गर्न माथागढी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । “मगरात सभ्यता सहितको समृद्ध मगरसमाज निर्माण हाम्रो प्रतिवद्धता, ४२ औ स्थापना दिवसमा भाषिक–साँस्कृतिक विविधतावियको सद्भावपूर्ण ऐक्यवद्धता” भन्ने नाराका साथ मगर दिवस मनाउन लागिएको समितिका अध्यक्ष भेगराज थापा मगरले जानकारी दिनुभयो । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो ।

मगर दिवसमा एकआपसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न, गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृक्तिक अधिकारहरु सुनिश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउने लगायतका सवालमा सशक्त आन्दोलन गर्नमा थप ऊर्जा र उमंग दिने हेतुले मनाउन थालिएको माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले बताउनुभयो । वडाध्यक्ष घर्तीमगरले मगर समुदायको विकृति हटाउन र राम्रा पक्षको सुधार गर्दै सामाजिक सद्भाव कायम गर्ने अभियानको रुपमा समेत दिवस मनाईन थालेको बताउनुभयो ।

मगर दिवसको दिनलाई संघले सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आएको छ । फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएको संघले देश तथा बिदेशमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै आएको छ ।

यसै बिच २०८० फागुन १५ मा हुने मगर दिवस कार्यक्रममा माथागढी गाउँ पालिकाका ८ वटै बडाबाट मगर तथा गैर मगर समुदायको उपस्थितिमा जातीय, साँस्कृतिक, भेषभुषा, खानपिन सहित झाँकी रÞ्याली प्रदर्शनी सहित औपचारिक तथा साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी पत्रकारहरुले मगर एकता दिवसका बारेमा विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय