तानसेनमा फागुन १९ देखि महोत्सव हुने

पाल्पा । यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा महोत्सव हुन लागेको हो ।

कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने नारामा हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । मेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेला बाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यकीय कार्यका लागी खर्च गरिने जानकारी दिनुभयो ।

पहिलो पटक तानसेन नगरपालिका आफैले आयोजना गर्न लागेको मेलामा १० करोड बढीको कारोवार हुने अनुमान गरिएको छ । टुडिखेल मैदानमा यस अघि अन्य संघ संस्थाबाट सम्पन्न मेला महोत्सवबाट तानसेन नगरपालिकाले मनोरन्जन शुल्क बापत मात्रै ३५ / ४० हजार सेरोफेरोमा आम्दानी गरेको स्मरण गर्दे तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले नगर सरकार आफैले मेला आयोजना गर्दा ६१ लाख बढीको राजश्व बचत भैसकेको जानकारी दिनुभयो । मेला सम्पन्न गर्न नगरपालिकाले टेन्डर मार्फत आब्हान गर्दा बढी रकम दिने समुह वाट सो रकम बुझिसकेको ज्ञवालीको भनाई छ ।

पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारवाट जिल्लामै पहिलो पटक आयोजना गरिएको महोत्सवले संघ, प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसंग सहकार्य एवं साझेदारी गर्दे अगाढी बढ्न समेत सहयोग मिल्ने मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।
महोत्सवमा विभिन्न औधोगिक वस्तु तथा सेवाहरुको प्रदर्शनी र प्रवद्र्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन, साना उद्यमी एवम विषयगत प्रदर्शनी गरिने जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय