रिब्दीकोटको मसाहारा कृषि सडक स्तरोन्नती योजना अनुगमन

पाल्पा । रिब्दीकोट गाउँपालिकाले मसाहारा कृषि सडक स्तरोन्नती योजनाको अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, कार्यपालिका सदस्य सुनिल बस्याललगाएतको टोलीले कृषि सडक स्तरोन्नती योजनाको अनुगमन गरेको हो ।

लुम्बिनी प्रदेश सरकारको सडक पुर्वाधार विकास कार्यालयद्धारा विनियोजित योजनाको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले मसाहारा कृषि सडक स्तरोन्नतीका लागि भ्याट बाहेक १६ लाख १७ हजार ८ सय २२ रुपैंयामा ठेक्का सम्झौता गरेको छ ।

गाउँपालिका अध्यक्ष कार्कीले धेरैजसो स्थानमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर योजना निर्माण गरेको बताउनुभयो । अध्यक्ष कार्कीले स्थानीय तह संगै प्रदेश र संघीय सरकार संग समन्वय गरेर पनि कृषि क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले बेत्रगंगा ईन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा लि काठमाण्डौ संग ठेक्का सम्झौता गरेको हो । २०८० फागुन १५ गते सम्म काम सम्पन्न गर्नुपर्ने गरि निर्माण व्यवसायी कम्पनी संग २०८० कार्तिक १ गते ठेक्का सम्झौता भएको थियो ।

रिब्दीकोटको मसाहारा क्षेत्र कृषि तथा पशुजन्य उत्पादनको लागि प्रचलित रहेको छ । यहाँ उत्पादन भएको कृषिजन्य उत्पादन बजारकिरणका लागि कृषि सडक स्तरोन्नतीले ठुलो सहयोग पुग्ने स्थानीयबासीले बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय