
पाल्पा । माथागढी गाउँपालिका वडा नं. ४ देवगीरमा काफल पकेट कार्यक्रम सुरु भएको छ । नागरिकहरुलाई काफल विक्रि मार्फत आत्मनिर्भर गराउने उद्देश्यले काफल पकेट कार्यक्रम सुरु गरिएको हो ।
माथागढी गाउँपालिकाको सामुदायिक वन तथा व्यक्तिगत बारीमा प्रसस्त मात्रामा काफल पाईने भएकाले त्यसलाई विक्रि गरि नागरिकको आयस्तर बढाउने योजना अनुसार काफल पकेट कार्यक्रम सुरु गरिएको वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । प्रवक्ता दर्लामीले काफल टिप्न र बेच्न लैजान सहज होस् भनी क्यारेट वितरण गरेको बताउनुभयो ।
माथागढी गाउँपालिका वडा नं. ४ को कार्यालयले व्यक्तिगत रुपमा २३ जनालाई ४६ वटा क्यारेट वितरण गरेको हो । वडाले प्रतिव्यक्ति २/२ वटा क्यारेट वितरण गरेको हो । माथागढी गाउँपालिकाका धेरै स्थानीयहरुले काफल बिक्रि गरेर आम्दानी गर्ने गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले प्रकृतिले दिएको सिजन अनुसारको फल काफल नागरिकको आम्दानीको राम्रो श्रोत बन्ने बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाले नागरिकको आयस्तर बढाउने खालका अन्य धेरै कार्यक्रम समेत सञ्चालन गरेको बताउनुभयो ।