प्रेस चौतारीको केन्द्रीय सञ्चार संस्था अनुगमन विभाग सदस्यमा ज्ञवाली मनोनित

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाका सदस्य नवराज ज्ञवाली केन्द्रिय सञ्चार संस्था अनुगमन विभाग सदस्यमा मनोनित हुनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रिय कमिटिको बैठकले ज्ञवालीलाई केन्द्रिय सञ्चार संस्था अनुगमन विभाग सदस्यमा मनोनित गरेको हो ।

प्रगतिशिल पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको विधान २०५५ (सातौं संशोधन,२०७८) अनुसार ज्ञवालीलाई केन्द्रीय सञ्चार संस्था अनुगमन विभागको सदस्यमा मनोनित गरिएको केन्द्रिय कमिटिका महासचिव हिरामान लामाले जानकारी दिनुभयो । लामाले ज्ञवालीको क्षमताको कदर गर्दै केन्द्रिय कमिटिको विभाग सदस्यमा मनोनित गरेको बताउनुभयो । शनिबार रामपुरमा सम्पन्न प्रेस चौतारी नेपाल पाल्पाको दोश्रो वार्षिक साधारणसभाको अवसरमा ज्ञवालीलाई मनोनित गरिएको प्रमाणपत्र प्रदान गरिएको हो ।

महासचिव लामाले विधान बमोजिम नेपाली पत्रकारिता क्षेत्रको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन र संगठनको मुल्य मान्यतालाई आत्मसात गर्दै काम गर्ने विश्वास लिएको बताउनुभयो । प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण कार्कीले सञ्चार संस्था अनुगमन विभागमा नियुक्त हुनु भएकोमा ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले पाल्पाली पत्रकारीता क्षेत्रमा ज्ञवालीको भुमिका महत्वपुर्ण महत्वपुर्ण रहेको भन्दै जिम्मेवारी अनुसार सञ्चार संस्था र पत्रकारहरुको वास्तविक अवस्था चित्रण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ज्ञवालीले आफुलाई विश्वास गरेर केन्द्रिय सञ्चार संस्था अनुगमन विभागको सदस्यमा मनोनयन गरेकोमा धन्यवाद व्यक्त गर्दै संगठनले दिएको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय