
पाल्पा । बगनासकाली गाउँपालिकाको सेवा प्रवाह र विकास गतिविधिका विषयमा सार्वजनिक सुनुवाई भएकाे छ ।
बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनवाई भएको हो । कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले आर्थिक पारदर्शीता,सुशासन सहितको सेवा प्रवाहमा जोड दिने बताउनु भयो । उहाँले जनता संग जोडिएको सरकार स्थानीय सरकार रहेकोले बगनासकालीका नागरिकसंग जवाफदेही भएर काम गरिने बताउनु भयो ।
उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाको समग्र विकासका साथै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताउनु भयो । उहाँले काम गर्ने दोरानमा केहि समस्याभए तत्काल सुझाव राख्न आग्रहगदै बगनासकाली गाउँपालिकाको सुशासन वृद्धिका विषयमा सघाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले यो वर्ष पालिकाले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै यो वर्ष २६० वटा योजना सम्झौता भइ काम भएको उल्लेख गर्नु भएको छ । यो अवधिमा ६० बढी योजना सम्पन्न भएको बताउदै पुजीगत तर्फ १४.४३ र चालू तर्फ ३९.९७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराउनु भएको थियो । उहाँले सेवा प्रवाहमा कुनै कमि हुन नदिने बताउनु भएको थियो ।
उहाँले प्रशासन र सुशासनका विषयमा उठेका सवालको जवाफ दिनुभएको थियो ।
सुनुवाई कार्यक्रममा नेकपा एमालेका ढकेश्वर बस्याल, नेपाली कांग्रेसका गणेशप्रसाद नेकपा माओवादीका खुमबहदुर बिक ,जनता समाजवादीका खिक बहादुर रेश्मी ,पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमुर्ति तिमिल्सिना,रामप्रसाद ढुङ्गाना,श्री बहादुर कवर, कुल प्रसाद ढुंगाना लगायतले खानेपानी मोटर बाटो बिजुली शिक्षा र स्वास्थ्य , दिवा खाजामा किन रकम कटौती गरेको हो ? कर किन बढाको जनतालाई सास्ती कैले सम्म हो ? ध्यान दिनु पर्दैन ? । लगाएतका विषयमा प्रश्न राख्नुका साथै आर्थिक व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जनताले दिएको सुझावलाइ ग्रहण गरेर अघिबड्ने बताउनु भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको नागरिक अभिमत र बहिर्गमनको प्रतिवेदन बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेले प्रस्तुत गर्नु भएको थियो ।
जनप्रतिनिधि,कमर्चारी,सेवाग्रही,पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे सार्वजनिक सुनुवाईको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले सहजीकरण गर्नु भएको थियो ।