बेथलको वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम

पाल्पा । बेथल इङ्लिश बोर्डिङ सेकेण्डरी स्कुलको वार्षिकोत्सवका भलिबल प्रतियोगिता आयोजना गरिएको छ । स्कुलको २७ औं वार्षिकोत्सवका अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरिय छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय जेभिटि प्रथम भएको छ । त्यस्तै बेथल सेकेण्डरी स्कुल दोश्रो भएको छ । प्रतियोगितामा विभिन्न विद्यालयलय भाग लिएका थिए । बेथलले वार्षिकोत्सवका अवसरमा तेक्वान्दो सम्बन्धि खेलहरु, एसक्यूसी कन्भेन्सन, ब्लड ग्रुप टेष्ट, फुड फेस्टिबललगाएत खेलकुद तथा विविध रचनात्मक कामहरु गरेर मनाएको विद्यालयका प्रिन्सिपल रुपचन्द्र थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य खेम बहादुर सारुले विद्यार्थीको हौसला र क्षमता वृद्धिका लागि विद्यालयले विभिन्न रचनात्मक काम गर्नु सकारात्मक भएको बताउनुभयो । सारुले नतिजामुखी शिक्षा प्रदान गर्नु विद्यालयहरुको जिम्मेवारी भएकाले त्यसमा बेथल स्कुल प्रतिवद्ध रहेको बताउनुभयो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय