च्याउ बाट कमाउँदै पाल्पाका किसान

पाल्पा – पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

लगानी कम र प्रतिफल धेरै हुने भएपछी यहाँका किसान च्याउ खेतितर्फ आकर्षित हुँदै गएका हुन् । यहाँ व्यक्तिगत देखी सामुहिक रुपमा च्याउ खेती गरेर आम्दानी लिँदै आएका छन् । दुई लाख पचास हजार रुपैंया लगानी गरेर च्याउ खेती सुरु गरेका तानसेन ८ का अनिल घिमिरे संग अहिले पचास लाख रुपैंया बराबरको च्याउ फर्म छ । ३ वर्षअघि च्याउ खेती सुरु गरेका घिमिरेले बार्षिक १५ लाख रुपैंया सम्म आम्दानी गर्नुहुन्छ ।

तानसेन ८ मदनपोखराका ६३ घरपरिवारले पनी सामुहिक सिताके च्याउ खेती गरेका छन् । प्रति घरपरिवार १० हजार रुपैंयाका दरले रकम उठाएर च्याउ खेती गरेका हुन् । समुहले ५ वटा ब्लक बनाएर सामुहिक खेती गरेको मदनपोखरा सामुहिक सिताके च्याउ उत्पादक समुहका अध्यक्ष सन्तोष पृथिले बताउनुभयो ।

यहाँका किसानले सिताके च्याउ उत्पादन गरि राम्रो आम्दानी गर्न सफल भएका छन् । यहाँ उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरा सम्म बिक्रि हुने गर्दछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय