राष्ट्रपति रनिङ शिल्डको उपाधि लगातार पाँचौं पटक तानसेनलाई

पाल्पा । पाल्पा जिल्लास्तरिय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेनले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती वसन्तले रनिङ शिल्डको उपाधि हस्तान्तरण गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य वीर बहादुर राना, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलगाएतले विभिन्न विधाका पुरस्कार र सम्मान वितरण गर्नुभयो ।

प्रतियोगितामा २५ स्वर्ण, १० रजत र १९ काश्य पदक सहित तानसेन नगरपालिका प्रथम भएको छ । त्यस्तै १० स्वर्ण, ६ रजत र ४ काश्य पदक सहित पुर्वखोला गाउँपालिका दोश्रो भयो । ८ स्वर्ण, ११ रजत र ११ काश्य पदक जितेको रामपुर नगरपालिका तेश्रो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।

३ स्वर्ण, ८ रजत र ११ काश्य पदक जितेको बगनासकाली गाउँपालिका चौंथो, ३ स्वर्ण, २ रजत र ८ काश्य पदक जितेको माथागढी गाउँपालिका पाँचौ, २ स्वर्ण, ४ रजत र ३ काश्य जितेको रम्भा गाउँपालिका छैठौं, २ स्वर्ण, १ रजत र २ काश्य पदक जितेको रिब्दीकोट गाउँपालिका सातौं भयो ।

१ स्वर्ण र ३ काश्य पदक जितेको निस्दी गाउँपालिका आठौं, ९ रजत र ९ काश्य पदक जितेको तिनाउ गाउँपालिका नवौं र १ रजत र १ काश्य पदक जितेको रैनादेवी छहरा दशौं भएको छ । प्रतियोगितामा पाल्पाका १० स्थानीय तह मध्ये तिनाउ गाउँपालिका र रैनादेवी छहराले कुनैपनि विधामा स्वर्ण पदक प्राप्त गर्न सकेनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय