पाल्पामा मिडिया साक्षरता कार्यशाला सुरु

पाल्पा – पाल्पा र गुल्मीमा कार्यरत पत्रकारहरुका लागि मिडिया साक्षरता कार्यक्रम बुधवारबाट तानसेनमा सुरू भएको छ ।

लुम्बिनी प्रदेश सरकार,गृह मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यशालाको उद्घाटन समारोहमा महासंघका लुम्बिनी प्रदेश सदस्य भुवन कार्कीले पत्रकारहरुको क्षमता विकासमा टेवा पुर्याउने उदेश्यले कार्यशाला आयोजना गरिएको बताउनु भएको थियो । पाल्पा जिल्ला अध्यक्ष रेखीराम रानाले तालिमलाई महत्त्वपूर्ण र अर्थपूर्ण बनाउन पत्रकार नै सकृय हुनुपर्ने बताउनु भयो । समारोहमा प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल,प्रेस सेन्टरका प्रदेश अध्यक्ष मानसिङ बिक लगायतको सहभागिता रहेको थियो ।

मिडिया साक्षरता कार्यशालामा इन्टरनेशनल प्रेस इन्स्टिच्युट (आईपीआई) नेपाल च्याप्टरका महासचिव शिरोमणी ढुङ्गाना र गोरखापत्र कर्मी मन्जिमा ढकालले मिडिया साक्षरता सञ्चारमाध्यम र सूचना साक्षरतामा आवश्यक ज्ञान र सीप,पत्रकारिताको सिद्धान्त लगायत बिषयमा सहजीकरण गर्नु भएको छ ।समारोह प्रदेश सदस्य प्रेमनारायण आचार्यको संचालनमा चलेको हो ।
पाल्पा र गुल्मीका गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको कार्यशाला बिहीवारसम्म चल्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय