
पाल्पा । माथागढी गाउँपालिकामा स्थानीय स्काउट परिषद गठन गरिएको छ । नेपाल स्काउट, स्थानीय स्काउट परिषद निर्वाचन २०८० को निर्वाचन पश्चात सपथ ग्रहण कार्यक्रम समेत गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका स्काउट प्रमुख संरक्षक तथा पालिका अध्यक्ष यम बहादुर चिदीले स्काउटले विश्वव्यापी रुपमा सेवाको भावले काम गरिरहेको अवस्थामा स्थानीय स्तरमा समेत परिषद गठन हुनु सकारात्मक भएको बताउनुभयो । संरक्षक चिदीले स्काउट स्थानीय परिषदले निर्माण गरेका योजना तथा कार्यक्रम पुरा गर्न जुनसुकै हिसाबले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे दिक्षित हुनुभएको छ । शिक्षा शाखा प्रमुख प्रेमबहादुर बारघरे, लेखा अधिकृत सन्तोष दाहाल तथा बिभिन्न बिद्यालका स्काउट शिक्षक, शिक्षिका, स्काउट ट्रुप सहितको उपस्थितिमा स्काउट लुम्बिनी प्रदेश सदस्य जिवन आचार्य र निर्वाचन अधिकृत प्रेमराज खरालले सपथ ग्रहण गराउनुभयो ।
कार्यक्रममा पालिका स्काउट सम्योजक र सदस्यहरु नारायण सिह राना, माधव प्रसाद घिमिरे, खेम बहादुर ठाडा, सरिता जिसी, बिपना चिदीले सपथ ग्रहण गर्नुभएको माथागढी गाउँपालिकाका स्काउट संयोजक शोभा भट्टराईले जानकारी दिनुभयो । माथागढी गाउँपालिकाका प्रमुख स्काउटर तथा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्गचेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।