पुर्वखोला 2 जल्पा ढोलीमारामा , २९ औं ओ के बाजी भलिबल च्यम्पियनशिप प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानिय श्यारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा , बिभिन्न गाउपालिकाबाट टोल स्तरीय १६ टिम खेलाडीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा पुर्वखोला आर्गिडाडाका कमल रखाल बेस्ट प्लयर , साकिनेका युबराज रानाले बेस्ट स्पाइकर, रम्भा बोरङ्सेका तुल्शा बाकाबलले बेस्ट डिफेन्शर र रमन फाल मगरले बेस्ट शेटर हात पारेका छन , रम्भा गाउपालिका बोरङ्सेका युवा क्लब पहिलो, शयारी युवा क्लब पुर्वखोला ढोलिमारा दोस्रो र गोरख नाथ युवा क्लब ताहु मलेङ तेस्रो भएको छ, बिजय प्रतियोगी खेलाडीहरुलाई क्रमस ३५ हजार, २५ हजार, १५ हजार नगद , मेडल र प्रमाण पत्रले सम्मान गरिएको छ्।
कार्यक्रमका प्रमुख अतिथि जापानी समाज सेबी काजुमाशा काकिमिले आफुले शुरु गरेको प्रतियोगिता , निरन्तरता दिन सफल भएकोमा स्थानिय युवा क्लबलाइ धन्यबाद दिदै , दान गर्ने र दिने सस्कारले हामिलाइ खुसी मिल्छ, दिने मान्छेको कहिल्य सकिदैन, कुनै ठाउबाट पुरा हुन्छ, भन्नुभयो।जापानको आनाथालयले नास्ताको खर्च बचाएर आफ्नो कार्य क्षेत्रमा सहयोग गरेको बताउनु भयो।यसै अवसरमा कार्यक्रम सम्पन्न गर्नको लागी सहयोग गर्ने दाताहरु ढोलिमारा समुदायिक होमस्टे, हुम घर्ती, भिम बराल, नर माया घर्ती, हर्ष्वल बराल, निलम ढेङगा , रनबीर बराल्लाई सम्मान पत्रले सम्मान गरिएको थियो।
३ दिन सम्म सन्चालन गरिएको प्रतियोगिता आयोजक सस्थाका सचिब पिम बाहादुर कवरको सन्चालन र श्रीधन कवरको अध्यक्षतामा सम्पन्न भएको हो।