प्रदेश सांसद सारुद्धारा योजना निरिक्षणमा तिब्रता

पाल्पा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित खेम सारु पाल्पामा पाल्पामा आ. व. २०८०/०८१ मा निर्माणाधिन आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाहरु निरीक्षण तथा अवलोकनमा तिब्रता दिएका छ्न ।

मिति २०८० माघ १५ गते तानसेन नगरपालिका वडा नं. ८ अन्तर्गत विभिन्न योजनाको अनुगमन गरेका छन् । तानसेन विपश्यना केन्द्र मदनपोखरा जाने सड़क स्तरोन्नती रु. ३० लाखको प्रदेशको योजना जलब्रहा इन्जिनियरिंग फर्म प्रा.लि. द्वारा निर्माण सम्पन्न भएको जानकारी गराए । साथै भालेबास- छाप-पिपलडांडा मोटरबाटो स्तरोन्नती रु. २ करोडको प्रदेशको योजना कुशल कन्सन्ट्रक्सन रामपूर-१०, द्वारा निर्माणधीन रहेकाे तथा भालेबास छाप कोकल पिपलडांडा सडक स्तरोन्नति : रु ६० लाखको प्रदेश समपूरक योजना द लुम्बिनी निर्माण सेवाद्वारा निर्माणधीन अवस्थामा रहेको र  आवश्यक गुणस्तर कायम गरी समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी लाइ आग्रह गरेका छन् । यसैगरी तानसेन वडा नं. ८ अन्तर्गतकै पिपलडांडा – चंखे घुम्ति मोटरबाटो स्तरोन्नती रु. १५ लाखको प्रदेशको योजना निर्माणकार्य शुरुहुंदै गरेको र भालेबास- छाप-पिपलडांडा-कोकल हुंदै देउराली मोटरबाटो स्तरोन्नति रु. १ करोडको योजना जय तिरुपति कन्सन्ट्रक्सन प्रा. लि. दाङबाट माघभित्रमा निर्माणकार्य शुरुहुंदै गरेको  जानकारी दिए ।

यसै गरी मिति २०८० माघ ४ गते माथागढि गा.पा. वडा नं. ३ मा संचालित स्वास्थ्य चौकी लगायतका निर्माण भएका योजनाहरु प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य खेम सारु, प्रविधिक,स्थानिय तहका जनप्रतिनिधी र पत्रकार सहित संयुक्त टोलीले अवलोकन तथा अनुगमन गरेको थियो। यस संगै खेम सारुले मिति २०८० पौष २९ गते लुम्बिनी प्रदेश सरकार योजना अन्तर्गत निर्माण भइरहेको माथागढी गाउं पालिका, देउगीर- झडेवा सडक स्तरोन्नती कार्यको योजना अवलोकन तथा अनुगमन गरेका थिए । लुम्बिनी प्रदेशको गौरवको आयोजना रामपूर- जिनाबाङ अन्तर्गत पाल्पाको तॉहु-हुमिन सड़क रकम विनियाेजन देखिनै निकै तदारुकताका साथ लागी परेका सारु याे योजना समयमै निर्माण सम्पन्न गर्नका लागी निरन्तर अवलोकन र अनुगमन गर्ने गरेका छन् ।

उनले याे याेजना रम्भा तथा पुर्वखाेला गाउँपालिका बासीका लागी निकै महत्वपुर्ण सडक रहेकाे हुदा यसकाे निर्माण कार्य अत्यावश्यक रहेकाे र आफुले प्राथमिकताका साथ हेरेकाे जानकारी गराए ।  लुम्बिनी प्रदेश सरकार योजना अन्तर्गत निर्माण भइरहेको माथागढी गाउं पालिका, देउगीर- झडेवा सडक स्तरोन्नती कार्यको मिति २०८० पौष २९ गते सारुले योजना अवलोकन तथा अनुगमन गरेका थिए । रम्भा गाउं पालिका वडा नं. २ फोक्सिङकोटमा निर्माणाधीन रहेका योजनाहरु मध्ये सहदीखोला-झोकेदी र असेर्दी-रानीबास मोटरबाटो, संस्कृतिक संग्रहालय रानीबास, स्वास्थ्य चौकी भवन, सानाहुंगी मा.वि. भवन, बेलौङ्झा सामुदायिक भवनको अनुगमन तथा निरीक्षण गरेका सारुले ती अधुरा रहेका योजनाहरु सम्पन्न गर्न स्थानीय, प्रदेश र संघीय सरकारबाट आवश्यक बजेट विनियोजिनको लागि तत्काल ठोस पहल गर्नुपर्ने आवश्यकता महसूस भएको जानकारी गराए।

विकास निर्माण का कार्यहरु गुणस्तर कायम गरी समयमा सम्पन गर्नका लागी निरन्तर निरिक्षण तथा अवलाेकन आवश्यक रहेको र यसले विकास निर्माणका कार्यमा संवद्ध निकायलाइ थप जवाफदेही तथा उत्तरदायी बनाउने संगै जनताले महसुस गर्ने गरी विकास निर्माणका कार्य अघि बढ्ने  प्रदेश सभा सदस्य खेम सारुले जनाए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय