विद्यार्थीलाई असल संस्कार सिकाउँदै रिब्दीकोट (फोटोफिचर)

पाल्पा । रिब्दीकोट गाउँपालिकाले विद्यार्थीलाई असल संस्कार सिकाउने अभ्यासको सुरुवात गरेको छ । गाउँपालिकाले प्रार्थना व्यवस्थापन र असल अभिभावक तथा विद्यार्थी सम्बन्धि दुइ दिने उत्प्रेरणा तालिम मार्फत विद्यार्थीलाई असल संस्कार सिकाउने अभ्यासको सुरुवात गरेको हो ।

गाउँपालिकाले रिब्दीकोट ७ बतासेको कालिका माध्यमिक विद्यालयमा अभिभावक र विद्यार्थीहरुलाई व्यवहारिक तथा सैद्धान्तिक रुपमा असल संस्कारको अभ्यास गराएको छ । कार्यक्रमको सहजिकरण देशकै प्रचलित कालिका मानवज्ञान माध्यमिक विद्यालयका खेल शिक्षक हरिष ओलीले गर्नुभएको थियो । सहजकर्ता ओलीले विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समितिलगाएतको भुमिका र गर्नुपर्ने व्यवहारको बारेमा सहजिकरण गर्नुभयो ।

ओलीले विद्यार्थीहरुले आमाबुवालाई गर्नुपर्ने सम्मान, आमाबाबुले छोराछोरीलाई गर्नुपर्ने माया र जिम्मेवारीबोध बारे बताईरहँदा धेरै विद्यार्थी र अभिभावकका आँखामा आँशु देखिन्थे । गरेका थिए । विद्यार्थीहरुले आफ्ना अभिभावकहरुलाई सम्मान स्वरुप माला लगाईदिएर खुट्टामा ढोगदुइ दिनसम्म लिएको उत्प्रेरणा तालिमले छोराछोरीले विद्यालयका शिक्षक र आफ्ना आमाबुवाप्रति गर्ने आदरसत्कारमा निकै परिवर्तन आउने विश्वास लिएको स्थानीय अभिभावक आशा गैरेले बताउनुभयो । गैरेले तालिम निकै प्रभावकारी भएको भन्दै यस्ता खालका तालिम सबै विद्यालयमा सञ्चालन गरे सकारात्मक परिवर्तन हुने बताउनुभयो ।

तालिम समापनका अवसरमा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिमले विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापकलगाएतमा धेरै सकारात्मक परिवर्तन आउने अपेक्षा लिएको बताउनुभयो । अध्यक्ष कार्कीले धन पैसाले किन्न नसकिने संस्कार विद्यालय मार्फत सिकाउँदा विद्यार्थीहरुको भविश्य थप उज्जवल हुने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीले विद्यालयमा पाठ्यक्रम सहित अन्य धेरै व्यवहारिक विषय सिकाउने प्रयास विद्यालयले गरेको बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणी खनालले विद्यार्थीलाई असल संस्कार सिकाउने अभ्यास अहिले कालिका माविमा मात्र गरिएपनि पछि बिस्तारै गाउँपालिकाका सबै विद्यालयमा लागु गर्दै जाने बताउनुभयो । रिब्दीकोट गाउँकार्यपालिका सदस्य सुनिल बस्यालले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्रथमिकता दिएर काम गरिरहेको बताउनुभयो । अर्का कार्यपालिका सदस्य गोमा थापा क्षेत्रीले असल संस्कार यूक्त विद्यार्थी उत्पादन नै गाउँपालिकाको प्रमुख उद्देश्य भएको बताउनुभयो ।

दुइ दिने तालिममा सहभागी विद्यार्थीहरु, अभिभावक, शिक्षक, गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकहरु, खेल शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवालालगाएतले तालिम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय