
पाल्पा । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीमा म्याराथन प्रतियोगिता हुने भएको छ । १ नं. वडा कार्यालयको आयोजनामा माघ १६ गते मंगलबार म्याराथन प्रतियोगिता हुने भएको हो ।
खुल्ला महिला तथा पुरुषको छुट्टाछुट्टै म्याराथन प्रतियोगिता हुने भइको वडा नं. १ का वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । आर्यभञ्ज्यांग देखी सातदोबाट सम्म ५ किलोमिटर म्याराथन दौड सञ्चालन गरिने भएको वडाध्यक्ष पन्थीले जानकारी दिनुभयो । माथागढी १ चिदीपानी वडा कार्यालयको आयोजनामा म्याराथन संगै भलिबल खेल प्रतियोगिता, उद्घोषण तालिम, बाल बिवाह न्युनिकरण सम्बन्धि कार्यक्रम समेत भैरहेको छ ।
वडा स्तरिय युवा लक्षित कार्यक्रम बाट आज साबिक वडा स्तरिय भलिबल प्रतियोगिता र उद्घोषण तालिम सुरु भएको हो । उद्घोषण तालिमको सहजिकरण रुपेश कार्किले गर्नुभएको छ । तालिम १६ गतेसम्म चल्ने युवा तथा सास्कृतिक मञ्च चिदीपानीका अध्यक्ष कमल गाहाले बताउनुभयो । मञ्चकी सचिब मेनुका घर्ति मगरले साबिकका नौ वटै वडामा बाल बिवाह न्युनिकरण सम्बान्धि अभिमुखिकरण कार्यक्रम र युवा क्लब गठन तथा पुनर्गठनको कार्यक्रम हुने बताउनुभयो । कार्यक्रमा प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार पन्थीले वडाले यूवा लक्षित विविध कार्यक्रम सञ्चालन गरि यूवाहरुको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा न्यौपाने, पुर्ब वडा अध्यक्ष शिब प्रसाद घिमिरे, सौभाग्य माबिका प्रधानाध्यापक कृष्ण प्रसाद खनाललगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कमल गाहाको अध्यक्षता र अम्बिका काफ्लेको सञ्चालनमा उद्घघाटन सत्रको कार्यक्रम सञ्चालन भएको हो ।