
पाल्पा । प्रेस सेन्टर पाल्पाले आज २०औँ स्थापना दिवस मनाएको छ । प्रेस सेन्टरको २०औं स्थापना दिवसका अवसरमा तानसेन सितलपाटीमा दिप प्रज्वलन गरि जिल्ला शाखाले स्थापना दिवस मनाएको हो ।
प्रेस सेन्टरको स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका नेता अनिलकिशोर घिमिरेले नेपाली समाजको परिवर्तनमा सञ्चार क्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताउनुभयो । घिमिरेले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रकै नेता तथा तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले मुलुकका हरेक परिवर्तनहरुमा सञ्चार क्षेत्रको विशेष भूमिका हुने उल्लेख गर्नुभयो । सिंजालीले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने पनि बताएका छन् । आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विस्वस्त रहेको सिंजालीको भनाई छ ।
२० औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपालका अध्यक्ष कृष्ण दर्नाल, कोषाध्यक्ष कमल अधिकारी, समितिका अन्य सदस्यहरु, प्रेस चौतारी नेपाल पाल्पा, नेपाल प्रेस यूनियनका प्रतिनिधिलगाएत अन्य पत्रकारहरुलगाएतले आगामी दिनमा पनि समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफुलाई उभ्याउने विश्वास व्यक्त गरेका छन् ।