एमाले तानसेन नगर कमिटीको रक्तदान, २१ जना सहभागी

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगरकमिटीले सहिद दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ६ जना महिला सहित २१ जनाले रक्तदान गरेका छन ।

कमिटीलाई चलायमान गराउन सम्पादन गर्दै आएका विभिन्न गतिविधिलाई निरन्तरता दिने र सहिदको सम्मान र रक्तदान जीवन दान हो भन्ने सचेतना बढाउन रक्तदान कार्यक्रम आयोजना गरिएको नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । उहाँले कार्यक्रमले रक्तदान जीवन दान भन्ने नारालाई थप सार्थक बनाउन कार्यक्रम सफल भएको विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रक्तदान गर्दै अप्ठ्यारोमा परेकालाई जीवन दान हुने रक्तदान गर्न डराउनु नपर्ने बताउनुभयो ।

रक्तदान कार्यक्रममा एमाले जिल्ला अध्यक्ष धनेन्दराज घिमिरे, संविधान सभा सदस्य नारायणी शर्मा, जिल्ला सचिव रामजी पोखरेललगायतको उपस्थिति रहेको थियो । उहाँहरुले पाल्पामा पार्टी कमिटीस्तरबाट भएको रक्तदान कार्यक्रम तानसेन नगरकमिटीकै पहिलो भएको बताउँर्दै रचनात्मक कामको निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा दिनको १ बजेदेखि जिल्ला हुलाक कार्याल पाल्पा अगाडि रक्तदान कार्यक्रम चलेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय