
पाल्पा । माथागढी गाउँपालिकाका कृषकहरुले पशु क्षेत्रमा ७५ प्रतिशत सम्म अनुदान पाउने भएका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकलाई अनुदान दिने भएको हो ।
गाउँपालिकाले माथागगढी भित्रका इच्छुक पशुपालक समुह, निजी फार्म समुह, सहकारी र व्यवसायिक कृषकहरुको लागि अनुदान दिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले लोकल कुखुरा प्रवद्र्धन कार्यक्रम अन्र्तगत लोकल कुखुराको चल्ला वितरण गर्ने र दाना, खोप तथा औषधी दिने गरि समुहको हकमा प्रति कृषक ३० वटा कुखुरा हुनुपर्ने र निजी फार्मको हकमा २०० वटा कुखुरा हुनुपर्ने घिमिरेले बताउनुभयो । लोकल कुखुरा प्रवद्र्धन कार्यक्रम अन्तरगत बजेट परिधि भित्र रहि २५ देखी ७५ प्रतिशत सम्म अनुदान दिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाले गोठ, खोर तथा जैविक सुरक्षा व्यवस्थापन सहयोग कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिका लथा प्यानमा दर्ता नविकरण भएका समुह तथा व्यक्तिलाई निजी फार्ममा गाई भैंसी ४ वटा, बाख्रा ३० वटा, बंगुर १० वटा र कुखुरा ५०० वटा पालेकालाई गोठ खोरको सुधार तथा तारबार सहित गेट निर्माण गर्ने गरि अनुदान दिन लागिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।
त्यस्तै न्यूनतम ४० बाख्रा पालेका र कम्तिमा २० वटा बाख्राको बीमा गरेका कृषक तथा समुह सहकारीलाई १० वटा बाख्रा र १ वटा बोका अनुदान दिने गाउँपालिकाले जनाएको छ ।