भगवती जात्रालाई राष्ट्रिय पर्व बनाउन प्रधानमन्त्री सकारात्मक

पाल्पा । ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय पर्व बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेको नेतृत्वमा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नेकपा माओवादी केन्द्रका नेता अनिलकिशोर घिमिरेलगाएतको टोलीले बुझाएको अनुरोध पत्रका सम्बन्धमा प्रधानमन्त्री सकारात्मक हुनुभएको हो । प्रतिनिधिसभा सदस्य गैरेले नेपाल अंग्रेज यूद्ध जितेको ऐतिहासिक सम्झना स्वरुप मनाईने भगवती जात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रधानमन्त्री सकारात्मक भएको बताउनुभयो ।

प्रधानमन्त्रीले धेरै राम्रो विषय उठान भएको र यसलाई टुंगोमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको गैरेले बताउनुभयो । पाल्पाको तानसेनमा मनाईने ऐतिहासिक भगवती जात्रामा राष्ट्रपति, प्रधानमन्त्रीलगाएत उच्च पदस्थ व्यक्तिहरुको सहभागितामा राष्ट्रिय पर्व मनाउनुपर्ने माग राख्दै पाल्पाली टोलीले प्रधानमन्त्रीलाई अनुरोध पत्र बुझाएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय