ग्राहकलाई माघे सक्रान्ती विशेष खिचडी खुवाउँदै होटल पौवा

पाल्पा । होटल पौवा पाल्पाले आज माघ १ गते (माघे सक्रान्ति) का दिन आफ्ना ग्राहकहरुलाई खिचडी सहित माघीका परिकार खुवाएको छ । विगत लामो समयदेखि माघीलाई विशेष पर्वका रुपमा आफ्ना ग्राहकहरुसंगै मनाउँदै आएको होटलले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो ।

चिसो चिसो माघमा पौवाको ताप, माघीका परिकार खान खिचडी तरुल, रोटी अचार, चाकु तपाई हाम्रो साथ भन्ने स्लोगान सहित मकर संकान्ति पर्वका अवसरमा परम्परागत र पहिचान सहितको परिकार खुवाईएको पाल्पा शाखा प्रबन्धक यदु प्रसाद भट्टराईले बताउनुभयो । पौवा होटलले विशेष पर्वहरुमा ग्राहक तथा अतिथिहरुलाई होटलमै बोलाएर आथित्यता प्रदान गर्ने गरेको छ ।

नेपाली संस्कृतिको संरक्षणामा सहयोग गर्ने र ग्राहकहरुलाई आतिथ्यता प्रदान गर्ने उद्देश्यका साथ माघी पर्वका परिकार तयार गरी खुवाउने कार्यक्रम गरिएको शाखा प्रबन्धक भट्टराईले बताउनुभयो । माघी पर्व नेपाली संस्कृतिसँग जोडिएको चाड हो । हरेक पर्वको महत्व संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ त्यसैले पाैवाले यस्ता पर्वलाइ प्राथमिकता दिँदै अाएकाे उहाँले बताउनुभयाे ।

संस्कृतिको संरक्षण, नयाँ पुस्तालाई संस्कृतिसँग जोड्नका लागि पनि माघीमा विशेष खानाका परिकार खिचडी, चाकु, तिलको लड्डु, अचार, तरुल, गन्जी र चाकुलगायतका परिकार खुवाईएको लेखापाल सन्जु कार्कीले जानकारी दिनुभयो ।

होटल पौवाले पाल्पाको सदरमुकाम तानसेन सहित दाङको घोराही, भालुवाङ, लमही, कपिलवस्तुको गोरूसिङ्गे, रूपन्देहीको बुटवल, भैरहवा, गुल्मीको रेसुङ्गा, धनगढी, काठमाडौंको गौशालामा, जुम्ला, पोखरालगायतका सम्पूर्ण शाखामा माघी विशेष कार्यक्रम गरेको छ ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति अर्थात (माघे संक्रान्ति) पनि भनिन्छ । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय