गाउँ शिक्षा ऐन पास गर्दै निस्दीको गाउँ सभा सम्पन्न

पाल्पा । निस्दी गाउँपालिका गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । गाउँ शिक्षा ऐन २०८० पारित गर्दै गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको हो ।

सभामा सामाजिक विकास समितिका संयोजक दुर्गा बहादुर सोमैले गाउँ शिक्षा ऐन २०८० पेश गर्नुभएको हो । ऐनलाई सभाले सर्वसम्मत पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो ।

गाउँपालिकाको बहुउद्देश्यिय भवनमा सञ्चालित गाउँ सभाले २ करोड बढी रकमको बजेट संशोधन गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले संशोधित बजेट पेश गर्नुभयो । श्रेष्ठले न्यायिक समितिको कार्यप्रगत विवरण समेत पेश गर्नुभयो । गाउँ सभालाई विशेष सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले गाउँपालिकाको विकास निर्माण र अन्य नीतिगत विषयमा सहजीकरण गर्न आफु तयार रहेको बताउनुभयो । आचार्यले स्थानीय तह र संघीय सरकारको समन्वय हुनुपर्ने विषयमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले चालु आर्थिक वर्षको अहिले सम्मको वित्तिय प्रगति प्रतिवेदन पेश गर्नुभयो । गाउँपालिकाले गाउँ सभाको अवसरमा उपभोक्ता समिति, उत्कृष्ट विद्यार्थी, विद्यालय, स्वास्थ्यकर्मी, कृषक, कर्मचारी, स्वास्थ्य संस्था, सहकारी, पत्रकार, उद्यमी, उत्कृष्ट शाखालगाएतका विभिन्न क्षेत्रका १९ जनालाई नगद सहित पुरस्कृत गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय