स्थानीय स्वास्थ्य ऐन पास गर्दै माथागढीको गाउँसभा सम्पन्न

पाल्पा । माथागढी गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । स्थानीय स्वास्थ्य ऐन पास गर्दै गाउँसभा सम्पन्न भएको हो ।

सभामा सभाध्यक्ष यम बहादुर चिदीले चालु आर्थिक वर्षको प्रगती विवरण, महालेखा परिक्षकको प्रतिवेदनमाथी छलफल, आर्थिक सुसासन जोड दिने गरि २ करोड रुपैंया बराबरको बजेट शंसोधन, हालसम्म गरिएको कार्यपालिकाको निर्णय अनुमोदन गर्नेलगाएतका विषयमा छलफल गरि आवश्यक निर्णय भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया लुङ्चेले आर्थिक वर्ष ०८०/०८१ को संशोधित बजेट तथा कार्यक्रम प्रस्ताव पेश गर्नुभयो । गाउँसभाले माथागढी गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०८० समेत पास गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष ०८०÷८१ को विनियोजित कुल बजेट ६१ करोड ७३ लाख ९९ हजार ६ सय ५६ रुपैंया रहेको छ । जसमध्ये चालु तर्फ ४२ करोड ९६ लाख ७९ हजार ६ सय ५६ रुपैंया अर्थात ६९.६० प्रतिशत र पुँजिगत तर्फ १८ करोड ७७ लाख २० हजार अर्थात ३०.४० प्रतिशत रहेको छ ।

गाउँपालिकाको वास्तविक चौमासिक खर्च ८ करोड ७७ लाख ८० हजार ६ सय ७३ रुपैंया ५२ पैसा रहेको छ । जसमा चालु तर्फ ७ करोड ८४ लाख ५८ हजार ८ सय ११ रुपैंया ५२ प्रतिशत अर्थात १८.८५ प्रतिशत र पुँजिगत तर्फ ७२ लाख ५ हजार २२ अर्थात ३.८४ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाको आन्तरिक आय हालसम्म ६६ लाख ७२ हजार १ सय ९५ रुपैंया रहेको गाउँपालिकाका लेखापाल टिकाराम बस्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले गाउँसभाका अवसरमा शिक्षा, स्वास्थ्य, कृषि, कर्मचारी, लेन्थवर्कर, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधिलगाएत विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । गाउँपालिकाले व्यवसायिक तरकारी खेती गर्ने उत्कृष्ठ एक जना, उत्कृष्ठ पशुपालक एकजना, ८ जना लेन्थवर्कर, ८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ठ प्रधानाध्यापक ४ जना, कर्मचारीहरुमध्ये बाट ३ जना, प्रशासनीक र प्राविधिक काम गर्ने दोहोरो जिम्मेवारी पुरा गरेका सबै वडाका एक/एक जना गरि ८ जना, ३ जना जग्गादाता, सेवा निवृत्त कर्मचारी २ जना, उत्कृष्ठ जनप्रतिनिधि एक जना, उत्कृष्ठ विद्यार्थीहरु छात्रछात्रा गरि जम्मा ६ जनालाई सम्मान गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय