लुम्बिनी प्रदेश क्रिकेटमा पाल्पाका दुइ खेलाडी

पाल्पा । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै पाल्पाका दुई खेलाडी खेल्ने भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघले छनौट गरेको सुचिमा पाल्पाका दुइ खेलाडी परेका हुन् ।

पाल्पाका फास्ट बलर तथा ब्याट्स्म्यान नरेश कुमार सार्की र स्पिन बलर तथा ब्याट्स्म्यान रुपेश बस्याल लाई लुम्बिनी प्रदेश क्रिकेट संघले छनौट गरेको हो । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि हुनका लागि लुम्बिनी प्रदेश क्रिकेट संघले २२ जना खेलाडीलाई क्लोज्ड क्याम्पमा बोलाएको छ । खेलाडीहरुलाई यही पौष २४ गतेबाट सिद्धार्थ क्रिकेट स्टेडियममा रिपोर्टिङका लागि बोलाईएको छ ।

खेलाडीहरुको छनौटमा प्रमुख कोच वसन्त शाही, प्रदेश सदस्य धिरज क्षत्री र सचिव कैलाश रोका मगर हुनुहुन्छ । क्लोज्ड क्याम्पमा अभ्यास तथा प्रशिक्षण हुनेछ र त्यसैको आधारमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट गरिने लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिनुभयो । संघले क्लोज्ड क्याम्पका लागि शुसान्त सिंह थापाको कप्तानीमा २२ सदस्यिय टोली घोषणा गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय