
पाल्पा । त्यागी, सरल र सिद्धान्त बुझेका नेताको रुपमा पहिचान बनाउनुभएका एमाले नेता झपेन्द्र जिसी राष्ट्रियसभा सदस्यका उम्मेदवार बन्नुभएको छ ।
पाल्पाको मदनपोखरामा जन्मनुभएका एमाले नेता जिसी लुम्बिनी प्रदेशको खुल्ला तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नुभएको हो । जिसी लामो समयदेखी एमालेको सक्रिय राजनीतिमा संलग्न हुनुहुन्छ । पाल्पा जिल्लाको जिल्ला विकास समितिका पुर्व सभापति समेत रहनुभएका जिसी पार्टीको सैद्धान्तिक खम्बाको रुपमा चिनिने गर्नुहुन्छ । नेता जिसी लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलका राजनैतिक सल्लाहकार हुनुहुन्थ्यो ।
नेता जिसी एसियाकै पहिलो गाउँले सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समिति सदस्य समेत रहनुभएको छ । एमाले नेता ध्रुव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा “आस्था, क्रियाशिलता र ईमानको पोको नेता कमरेड झपेन्द्र बहादुर जि.सि.लाई यो बेला भएता पनि न्याय भएको छ, सफलता मिलोस् ।” लेख्नुभएको छ ।
सामाजिक सञ्जालमा नेता जिसीलाई धेरैले सुवेक्षा तथा सद्भाव व्यक्त गरेका छन् ।