पाल्पा । २१ पाैष –
जव घरको छोरो पोका पन्तराे बोकेर कमाउन विदेश जान्छ,
घरका सबैको शिर गर्वले उँचो हुन्छ ।
तर घर छोड्नुभन्दा ठिक पहिले जव उ परिवार तर्फ नजर डुलाउँछ,
बाउ, आमा र सानी बहिनीका आँखा एकैसाथ टिलपिल देखेर उसको दिल भरिन्छ ।
बेला बेला घरमा बा बिरामी परिरहन्छन्, उसलाई थाहा छ,
तर उ आफ्नो जरुरतको अगाडी यि सबै जिम्मेवारी छोड्न विवस छ ।
अव घरको सबै काम आमाबाट सजिलै हुन्न, उसलाई थाहा छ,
उ विवस आमाको काँधमा जिम्मेवारी छोडेर आफ्नो बाध्यताको महसुस गराउँदैछ ।
जव उ घरबाट केही अगाडी बढ्छ, बुढेसकालका बाआमालाई एक्लै छाडेर हिँड्नुको ग्लानी हुन्छ,
उसको मनमा भक्कानो छुट्छ, अनी “म फेरी आउँछु” भन्दै उसले हावामा हात हल्लाउँछ, ठिक त्यही बेला उसको आँखाबाट एक थोपा आँशु खस्छ, अनी ओंठमा पुगेर विलाउँछ,
कसले भन्छ, घर बाट छोरीको मात्र विदा गरिन्छ ? नेपालका कयौं छोराको पनि हरेक दैलोबाट थाहै नपाई दिनदिनै विदाई हुन्छ ।