कौडेलेक लक्षित ओलेसमा होमस्टे सञ्चालनको तयारी

पाल्पा । माथागढी गाउँपालिकाले पाल्पाको सबैभन्दा अग्लो डाँडा कौडेलेक लक्षित ओलेसमा होमस्टे सञ्चालनको तयारी गरेको छ ।

गाउँपालिकाले पर्यटकिय स्थल कौडेलेक घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ओलेसमा हामस्टे सञ्चालनको तयारी गरेको हो । समुन्द्र सतहबाट १९५० मिटर उचाई रहेको कौडेलेक पाल्पाकै सबैभन्दा अग्लो डाँडा हो । यहाँ विभिन्न स्थानबाट आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउने गर्दछन् । माथागढी गाउँपालिका वडा नं. ३ ओलेसबाट एक घण्टाको पैदल दुरीमा कौडेलेक पर्ने गर्दछ ।

यहाँ आउने पर्यटकहरुलाई बस्ने व्यवस्थाको उचित व्यवस्थापन नहुँदा पर्यटकहरुको आउने ईच्छ्या हुँदाहुँदै पनि आउन नसक्ने बाध्यतालाई मध्यनजर गर्दै होमस्टे तयारी गरिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनुभयो । माथागढी गाउँपालिकामा मगर जातजातीको बाहुल्यता बढी भएकाले घुम्न आउने पर्यटकहरुका लागि मगरी संस्कृती र परम्परा देखाउने तथा मगरी खानेकुरा खुवाउने योजनाका साथ होमस्टे सञ्चालनको तयारी गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।

ओलेसमा ८१ घरधुरीको बसोबास रहेको छ । संभव भएसम्मका घरमा होमस्टे सञ्चालनको लागि आवश्यक तालिम दिने र अवलोकन भ्रमण गराउने तयारी रहेको माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले बताउनुभयो । वडाध्यक्ष घर्तीमगरले हामस्टे सञ्चालनका लागि स्थानीय नागरिकहरुसंग छलफल गरिसकिएको बताउनुभयो ।

माथागढी ३ ओलेस टोल संयोजक खुम बहादुर सुर्यवंशीले होमस्टे सञ्चालनका लागि गाउँपालिकाले ल्याएको योजनाप्रति स्थानीयबासीहरु सकारात्मक भएको बताउनुभयो । सुर्यवंशीले व्यवस्थित योजना बनाएर ओलेसलाई पर्यटनबाट आम्दानी गर्ने क्षेत्रको रुपमा विकास गर्ने स्थान बनाउने बताउनुभयो । पर्यटकिय क्षेत्र कौडेलेकमा माथागढी गाउँपालिकाले खानेपानी र विद्युतको व्यवस्थापन गर्ने समेत जनाएको छ । माथागढीको भुपू सैनिक संघले कौडेलेकमा पर्यटन विकासका लागि भ्यू टावर समेत बनाईदिने प्रतिवद्धता जनाएको माथागढी ३ का वडा सदस्य मान बहादुर रानाले जानकारी दिनुभयो ।

ओलसमा होमस्टे सञ्चालनको तयारी भएपछी स्थानीयबासीहरु समेत हर्षित भएका छन् । स्थानीयले पर्यटकको आगमन संगै होमस्टे व्यवसाय आम्दानीको श्रोत बन्ने अपेक्षा समेत लिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय