एक वर्षे उपलब्धी बारे सांसद सारु र पत्रकारबीच छलफल

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं. १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य खेम बहादुर सारुले आफु निर्वाचित भएको एक वर्षको अवसरमा पाल्पाली पत्रकारहरुसंग छलफल गर्नुभएको छ ।

सांसद सारुले आफु निर्वाचित भएको एक वर्ष पुरा भएको अवसरमा सिकाइ, अनुभव र समीक्षा बारे पाल्पाली पत्रकारहरुसंग छलफल गर्नुभएको हो । सांसद सारु २०७९ मंसिर ४ गते सम्पन्न “प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन– २०७९” बाट पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १(२) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भई २०७९ पौष १७ गते सपथ ग्रहण गर्नु भएको थियो ।

सांसद सारुले पत्रकारहरुसंग १ वर्षको अवधीमा ऐन कानून निर्माण, संसदीय भूमिका, विकास निर्माणका योजना र बैठक सभा कार्यक्रममा जनाएका उपस्थितिहरुको वारेमा छलफल गर्नुभयो । “काम नै नभएका र नगरिएका होईनन्, काम जति हुनुपर्थ्यो त्यती हुन र गर्न सकिएको भने छैन ।” प्रदेश सांसद सारुले भन्नुभयो, “ सकेजती काम गर्न नसकिए पनि निरास हुनुपर्ने अवस्था छैन । आगामी दिनमा पनि नागरिक हितमा क्रियाशिल रहने छु ।”

सारुले आफु निर्वाचित भएपछी विकास निर्माण, ऐन नीति तथा कानुन निर्माणलगाएतका क्षेत्रमा गरेका विभिन्न २५ उपलब्धीहरु समेत सार्वजनिक गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय