पाल्पा । २०७९ मंसिर ४ गते सम्पन्न “प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन– २०७९“ बाट पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १(२) बाट लुन्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भई २०७९ पौष १७ गते सपथ ग्रहण गर्नु भएका माननीय खेम बहादुर सारु ज्यूबाट १ वर्षको अवधीमा ऐन कानून निर्माण, संसदीय भूमिका, विकास निर्माणका योजना र बैठक सभा कार्यक्रममा जनाउनु भएका उपस्थितिहरुको विवरण सार्वजनिक गरिएको छ ।
१.लुम्बिनी प्रदेश गौरवको आयोजनाः रामपुर जिनाबॉङ सडक (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) अन्तर्गत पर्ने पाल्पा आर्यभन्ज्याङ्ग – रामपुर सड़कको तत्काल स्तरोन्नती
२.तानसेन नगरपालिकाको बतासे डॉडा र तिनाउ गॉउपालिकाको नुवाकोटमा निर्माण भएको संस्कृतिक डबलीको संचालन र व्यवस्थापनको जिम्मेवारीमा हस्तानांतरण र व्यवस्थापन
३.पाल्पा जिल्लाको स्वास्थ्य विमा कार्यक्रम ३ वटै अस्पतालमा नियमित लागु र सुचारु गर्न पहल
४.सिद्धबाबाको जोखिमयुक्तबाटोक विकल्पको रुपमा सिद्धार्थ राजमार्ग अन्तर्गत बॉसटारी– झडेवा – रहवास हुदै नवलपरासीको (सुस्ता पूर्व ) दुम्कीबासमा पूर्व पश्चिम राजमार्गमा जोडिने गरि नयॉ रुटको सड़क निर्माण योजना अगाडी बढाउन
५.संघीय शिक्षा ऐन तत्काल जारी गरी शिक्षा संग सम्वन्धीत समस्याहरुको संवोद्धन गर्न
६.उच्च शिक्षा अध्ययनमा संस्थागत विद्यालयबाट अध्ययन गर्ने विद्यार्थीहरुलाई आरक्षित छात्रवृत्तिमा भएको विभेदपूर्ण नीति हताउन तथा वैदेशिक अध्ययन मा जाने क्रमको विकल्प खोज्न
७.सिपयुक्त दक्ष जनशक्ति उत्पादनको लागि प्रत्येक स्थानीय तहमा व्यवसायिक, प्राविधिक र सुविधायुक्त छात्रावास सहितका द्यष्न कअजययकि हरु स्थापना र स्तरोन्नती गरौं ।
८.पाल्पाको पर्यटन विकास प्रवद्धर्न गर्न खेल पर्यटन (क्उयचतक तयगचष्कm , आदिवासी जनजातिहरुको समेत पर्यटन विकास गर्न नीति तथा कार्यक्रम ल्याउन पहल
९.योजनाहरुको अनुगमन र नियमन प्रभावकारी बनाई गूणस्तर तथा दीगोपना ल्याउन जिल्ला समन्वय समिति जस्ता नीकायहरुलाई थप अधिकार प्रत्यायोजन हुन आवश्यक
१०.वार्षिक नीति तथा कार्यक्रम विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासंग“ मेल खाने किसिमको हुनु पर्ने
११.किसानहरुले व्यवसायिक रुपमा उत्पादन गरेका कृषि उपजको भण्डारण र बाजारीकरणको समस्या समाधान गर्न
१२.पाल्पालाई ढाका र करुवा जस्ता हस्तकला उत्पादन सामग्रीको हब बनाउन
१३.प्रदेश भरी एक घर ः एक धारा“ को संकल्प पुरा गर्न आवश्यक करीब २६ अरब रकम विनियोजन गर्न
१४.हरेक स्थानीय तहमा सुविधा सम्पन्न स्मार्ट, नमूना, वा आवासीय विद्यालय ( बुढानिलकण्ठ स्कूल मोडेलमा ) संचालन गर्ने कार्यक्रम पनि लागु गर्दै जान ।
१५.लुम्विनी प्रदेश भरी करीब ५ हजार खेलाडीहरु नियमित प्रशिक्षण गरिरहेको क्ष्त्ँ तेक्वान्डोको साथै, ध्त्ँ, कराते जस्ता मार्सल आर्ट प्रशिक्षणके लागि नीति तथा कार्यक्रममा कवर्ड हल निर्माणलाई उच्च प्राथमिकतामा राख्न ।
१६.पाल्पा जिल्ला अस्पताल वि स १९८६ निर्मित सांगुरो भवनबाट दैनिक ४०० – ५०० बिरामीलाई सेवा दिनु पर्ने वाध्यता भएकेले तत्काल भौतिक संरचना निर्माण र दरवन्दी अनुसार खो चिकित्सक व्यवस्था गर्न
१७.परम्परागत र रैथाने खाद्य तथा पेय पदार्थ र मदिरा उत्पादनको नीतिगत व्यवधान हटाउन
१८.लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत वार्षिक “विनियोजन विधेयक” बाट ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत भएको तर नीति तथा कार्यक्रमको प्राथमिकताको आधारमा बजेटहरु विनियोजन नभएको
१९.जनताले जनप्रतिनिधि मार्फत माग गरेका योजनाहरु पहिलो प्राथमिकतामा राखेर रकम विनियोजन नभइ शक्ति र पहुंचको भरमा, राजनीतिक पूर्वाग्रही रुपमा बजेट विनियोजन गरिएकोमा घोर आपत्ती ।
२०.सभासदहरुले नयॉ क्रमागत योजनाको लागि पेश गर्न भनी दलहरुबिच नीतिगत सहमती भए अनुसार पेश गरिएको ७ करोड ४२ लाखको म्एच् भएको पूर्वखोला गाउंपालिका स्तरीय जल्पा खेलमैदानल बजेटमा कतै स्थान किन नपाएको ।
२१.स्थानीय तह बित्तीय हस्तान्तरण (ससर्त) योजना सरकारका आसेपासेहरुबाट बॉडफांड हुनु बिडम्वना त्रिभुवन विमानस्थलबाट अत्याधुनिक भन्सार मनिटरिङ प्रणालीलाई छलेर तस्कर समूहले एकसय किलोग्राम सुन पास गराएको विषय तत्काल छानविन र दोषीलाई कार्यवाही हुन
२२.त्रिभुवन विश्व विद्यालयमा “नेपालको पर्यटन विकासबारे“ अध्ययन गरेका विद्यार्थीलाई भारतीय दिल्ली विश्वविद्यालयको प्रश्नपत्र वितरण गरेर विद्यार्थीहरूको भविष्य माथी खेलवाड भएको
२३.अविरल वर्षाका कारण पाल्पाको अन्नभण्डार मानिने माडी फाँट र बाँसटारी क्षेत्रमा ताल बनेको र २ हजार रोपनीभन्दा बढी धान खेत डुबानमा परेको तटबंधन निर्माण र पीडÞित किसानहरुलाई राहत प्रदान गर्न ध्यानाकर्षण ।
२४.पाल्पा जिल्लामा आत्महत्याका घटनामा वृद्धि भइरहेकोले , आत्महत्याका मुख्य कारणको पहिचान र न्यूनीकरणको लागि जनचेतनाका कार्यक्रम गर्नुपर्ने ।
२५. पाल्पाको रिब्दीकोट ४ कुसुमखोला माराबासको बृद्ध महिला हत्याको र दशकौ अघिको पूर्व खोला जल्पाका किशोर न्यौपाने बेपत्ताका घटनाको अनुसन्धान गरी संलग्न अभियुक्तलाई कानूनको दायरामा ल्याउन सम्वद्ध नीकायलाई ध्यानाकर्षण ।