पत्रकार महासंघ पाल्पा ३२ वर्षमा प्रवेश

पाल्पा । पाल्पाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा स्थापनाको ३२ औं वर्षमा प्रवेश गरेको छ । महासंघले स्थापना दिवसको अवसरमा पत्रकारहरु बीच छलफल तथा अन्तरक्रियाको आयोजना गरेको छ ।

स्थापना दिवसको अवसरमा बिहिबार महासंघ कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महासंघका अध्यक्ष रेखिराम रानाले प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मक रुपमा कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको बताउनुभयो । रानाले मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासप्रति गौरव महसुस गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौती बीचबाट गुज्रिरहेको र दण्डहीनता बढ्दो रहेका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष तथा सल्लाहकार गोविन्द भट्टराईले पत्रकारिता हिँजो, आज र भोली विषयमा छलफल पत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष मेघराज शर्मा, पुर्व अध्यक्षहरु झपेन्द्र गहिरे, राजेशकुमार अर्याल, पत्रकारहरु यम बहादुर गाहा, कृष्ण कार्र्की, किरण कौशल, विजय बौडेल, बिष्णु घिमिरे, मन गहिरे, देव पचभैया, यज्ञमुर्ती तिमिल्सेनालगाएतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय