पाल्पा । नेपाल स्काउट तानसेन नगर समितिको बैठक सम्पन्न भएको छ । बैठकमा यही २७, २८ र २९ गते हुने निर्वाचन प्रक्रियाका बारेमा समीक्षा गरिएको छ ।
समितिका संरक्षक तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्काउटले सामाजिक भावनाका साथ काम गर्ने भन्दै स्काउटको नगर समितिलाई स्थानीय सरकारको पुर्ण सहयोग रहने बताउनुभयो । त्यस्तै प्रमुख स्काउटर तथा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिङ्जाली, सदस्य सचिव शिक्षा अधिकृत कोपिला न्यौपाने, लुम्बिनी प्रदेश सदस्य जीवन आचार्य, पूर्व जिल्ला आयुक्त देवेन्द्र श्रेष्ठ, पुस्कर राज रेग्मी, सकुन्तला बजाचार्यलगाएतले स्काउटको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो ।
ट्रुप संचालन गरेका विद्यालयहरुका स्काउट मास्टरहरुको बिचमा विस्तारीत बैठक सम्पन्न भएको समितिका संयोजक माधव खनालले जानकारी दिनुभयो ।