
पाल्पा । रिब्दीकोट गाउँपालिका गाउँ सभाको १४ औं अधिवेशनको पहिलो बैठक सुरु भएको छ ।
सभाको पहिलो बैठकमा रिब्दीकोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८० छलफलको लागि सभामा पेश गरिएको छ । बैठकमा पेश गरिएको विधेयकमा आवश्यक छलफल गरि निर्णय गरिने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।
सभाका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष कार्कीको सभाध्यक्षतामा अधिवेशन सुरु भएको हो । गाउँ सभाको पहिलो बैठकलाइ सभाका सदस्य सोम बहादुर कार्की, सभाका सदस्य एंव गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओम प्रसाद पोखरेलले शुभकामना व्यक्त गर्नुभयो । सभामा शुन्य समयको प्रयोग गर्दै राजेन्द्र नेपाल र दुर्गा ढकाल आआफ्ना भनाई राख्नुभएको थियो ।